narenद.कोरियामा MTU Khangi chumbu Branch को साधारणसभा सम्पन्न
September 19th, 2006
प्रवासी मजदुर युनियन Khangi chumbu Branch (माइग्रेण्ट ट्रेड युनियन - एमटीयु) को दोस्रो साधारणसभा आइतबार ख्योङ्गी मध्य शाखाको कुम्पो सिटीमा सम्पन्न भयो।


साधारणसभाले अर्को एक बर्षको लागि बंगलादेशका महम्मद जामानलाई शाखाको अध्यक्ष र नेपालका नरेन्द्र गुरुङलाई सचिवमा निर्विरोध चुनेको छ भने आन्याङ उपशाखाका लागि बंगलादेशकै ताजुल ईस्लामलाई अध्यक्षमा चयन गरेको छ।


करिव १ लाख प्रवासी मजदुरहरुले काम गर्ने क्षेत्रमा भएको युनियनको दोस्रो साधारणसभामा स्योङ्गी अञ्चल उपाध्यक्ष छन मि जङ र आन्याङ प्रवासी मजदुर गृहका सञ्चालिका इ योङ मारीना अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो।


अतिथिद्वय जङ र मारीनाले विगतमा प्रवासी मजदुरहरुलाई केही कमजोरीहरुका कारण अपेक्षित सहयोग गर्न नसकिए पनि आगामी दिनहरुमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै सबै मजदुरहरुलाई संगठित भएर आफ्नो अधिकार लिनुहोस्- हाम्रो शुभकामना छ भन्नुभयो। कार्यक्रमको सञ्चालन नेपालका कृष्णमणी आचार्यले गर्नुभएको थियो।