कोरियामा २५५२ औ बुद्ध जयन्ति भब्यताका साथ मनाइने

सियोल अप्रिल २१ । दक्षिण कोरिया स्थित नेपाली दुरतावासको संयोजनमा कोरियामा रहेका नेपाली संघ संस्थाहरुको सहभागितामा आगमी मे ४ २००८ का दिन सियोलमा २५५२ औ बुद्ध जयन्ति भब्यताका साथ मनाइने भएको छ । बुद्ध जयन्तिलाई भब्य बनाउन आइतावार सियोल स्थित नेपाली दुतावासमा वसेको बैठकले नरेन्द गुरुङको संयोजकत्वमा ९ सदस्य तयारी समिति गठन गरिएको छ। बैठकले  मे ४ २००८ का दिन छोगेसा
मन्दिर तथा दोंग्देमुन रंगशालामा आयोजना गरिन लागिएको उक्त कार्यक्रममा कोरियामा रहेका सम्पूर्ण नेपाली लगायत कोरियाली महानुभावहरुलाई उपस्थितिका लागि अनुरोध गरेको छ । सो कार्यक्रममा कोरिया का हजारों गुम्बाहरुको सहभागिता कोरियमा रहेका बुद्धिस्ट राष्ट्र बर्मा ,थाईलैंड ,श्रीलंका,तिबेत,लाओस र जापानको सहभागिता हुने गर्दछ / यो उत्सवंमा नेपाल बुद्ध परिवारले १९९५ साल देखि सहभागिता हुँदै आए पनी यो पटक भने राजदुता वास स्थापना भयेकोले सयुक्ता रुपमा सहभागिता हुन लागेको हो / आइतावार गठन गरिएको जयन्ति तयारी समितिको अन्य सदस्यहरुमा ध्यान राई एन‌ आर एन, प्रेम संगम स्यांग्जा परिवार पुरु जोशी पत्रकार, प्रेम गुरुङ नेपाल कोरिया साँस्कृतिक मञ्च, कुन्गा गुरुङ मुस्ताङ परिवार, प्रकाश लामा मनाङ परिवार, कुन्साङ लामा हिमालय बौद्ध परिवार, रमेश श्रेष्ठ नेवा पुचवाट रहनु भएको छ । उक्त तयारी समितिको सल्लहाकारमा कोरिया स्थित नेपाली राजदूत कमल प्रसाद कोइराला रहनु भएको छ ।