हामी अपराधी होइनौं, हामीलाई हाम्रो अधिकार दिइयोस्  

नरेन्‍द्र गुरूङ


आज भोली पत्रपत्रिकामा विदेशी कामदारहरुको बढ्दो आलोचना भैरहेको छ । हामी विदेशी कामदारहरु पहिला भन्दा अहिले अप्ठेरो अवस्थामा जिवन जिउन परेको छ । किनभने संचार माध्यमले हामीलाई एक समस्या ग्रस्त समाज बनाएको छ । जो आवश्यक कागज पत्र विना काम गरिरहेको छ त्यस अवस्थामा गैरकानुनी आप्रवासीका रुपमा हामीलाई बारम्बार आक्रमण गरिएको छ ।

सरकार र संचार माध्यमले हामीलाई वास्तवमै गैरकानुनी भनिरहेको छ । जब सामान्य नागरिकले गैरकानुनी शब्द सुन्दछ र तुरुन्तै हामीलाई डरलाग्दो भयानक दुष्टको रुपमा सोच्दछ ।

रक्सी पिएर गाडी चलाउनु गैरकानुनी हो, किनभने रक्सी पिएर गाडी चलाउंदा निर्दोष व्यक्तिको ज्यान जान सक्छ । सामान चोर्नु, हतियार देखाएर डरत्रास देखाउनु त्यो भन्दा पनि खराव हत्या गर्नु गैरकानुनी हो ।

छोटकरीका भन्दा गैरकानुनी मान्छेको रुपमा हामीलाई समावेश गरिदा हामीलाई समाजमा गैरकानुनी मानिस भएको अपराधिक कार्य गरेको रुपमा चिनिन्छ । वास्तवमा जो गैरकानुनी रुपमा वसोवास गर्नेले कसैलाई पनि नराम्रो गरेको हुदैन हामीले कसै माथि डरत्रास धम्कीको वातावरण स्रिजना गरेका छैनौं । हामी मात्र एक सामान्य कोरियन नागरिक जस्तै हौं । हाम्रो छालाको रंग र राष्टियता फरक भएको कारणले हामीलाई हेलाको दृष्टि कोणले हेर्ने गरिन्छ ।

सामान्य रुपमा बसोवास गर्दै गरेको अवस्थमा हामी रातारात गैरकानुनी हुन सामान्य भैसकेको छ । अनुमान गरौ कि कतिपय आप्रवासी कामदारहरु कोरियन भाषा र संस्कृतिको ज्ञानको अभावबाट कार्य स्थान परिवर्तन गरी गैरकानुनी भएका छन् ।

भेदभाव पूर्ण अध्यागमन कानुनः
दक्षिण कोरियाको अध्यागमन कानुन पनि भेदभाव पूर्ण छ किनकि यहां कामदारहरु लामो समयसम्म बस्न निषेध गरिएको छ । यस कानुनबाट गरीब देशबाट आएका कामदार र शरणार्थीहरुले धेरै समस्याहरु झेल्नु पर्ने हुन्छ । तर धनी र सम्पन्न मुलुकबाट आएका विदेशीको लागि ठुला र प्रसस्त अवसर दिइएको छ । केही समय अगाडी सरकारले लामो समय बस्नका लागि अध्यागमन नियम पारित गरेको थियो । यो अधिकार प्राप्त गर्न पाँच वर्ष भन्दा वढीमा कोरियामा बसेको हुनु पर्ने कोरियन भाषा निश्चित तहसम्म जानेको हुनु पर्ने र उपयुक्त क्षमता भएको कागज पत्र बुझाउनु पर्नेछ । साथै तीस मिलियन कोरियन वन बैंकमा बचत गरेको हुनु पर्नेछ । कि हामी मध्ये कुनै नौ प्रतिशतले कोरियन सरकारको यो आवश्यकता पुरा गर्न सक्छौ अझै जो कोरियनलाई विहे गरेका छन् र यहांका परिवारसंग बस्न चाहिरहेका छन् तिनीहरुलाई समेत शंकाको दृष्टिकोणले हेर्ने गरिन्छ । कोरियन सरकारले यसरी लिन्छ कि हाम्रो देशको गरिवीका सम्पूर्ण जिम्मेवारी लिनु पर्ने हो । तर कोरियन सरकार र यहांका कारखानाका मालिकले निम्न स्तरको तलब दिएर तथा कठित फोहोरी गाह्रो र डरलाग्दो काम गर्नको लागि हामीलाई यहा बोलाइएको हो ।

वास्तवमा हामीले कोरियाको अर्थतन्त्र विकासमा टेवा पुर्याएका छौं । यो कुरा कोरियन सरकारलाई राम्रोसंग थाहा छ कि हामीले कोरियाका सामान्य नागरिकले गर्न नचाहेको र छाडेको काम गरेका छौं । तर कोरियन व्यापारीहरुले हाम्रा देशहरुमा उद्योग खोलिरहेका छन् । सफलतापूर्वक व्यापार गरिरहेका छन् र निकै राम्रो फाइदा लिईरहेका छन् । यहि कोरियन व्यापारीहरुले हाम्रो देशमा व्यापार गर्न उद्योग धन्दा खोलेर राम्रो मुनाफा कमाइरहेका छन् भने किन हामीलाई सिमाना रोकिएको छ?, धरपकड किन भईरहेको छ?, अपराधी जस्तै किन हामीलाई लखेटिएको छ ?


हाम्रो वास्तवीकता:
गएको मार्च महिनामा मारु खेरिको धासालाई पत्रपत्रिकाहरुमा हेर्दा फिलिपिनबाट आएको मानिसले गरेको हत्याले हामीलाई अत्यन्तै दुःख लागेको छ । यद्यपी यस हत्याको घटन जुन हालसालै भयो जहां एक ३० बर्षको अविवाहित मानिसले एक निर्दोष बच्चालाई अपहरण गर्यो र हत्या गर्यो । यसलाई एक घोर अपराधका रुपमा आलोचना गरिएन ।

त्यसैले विदेसी कामदारहरु जुन विना कागज काम गरिरहेका छन् । तीनलाई अन्यायपूर्ण रुपमा डरलाग्दो अपराधीको रुपमा किन हेरिन्छ ?

अझै दिक्क लाग्दो तथ्य के छ भने, हाम्रा जीवनका वास्तविकतालाई लुकाएर हामीलाई नराम्रो रुपमा प्रस्तुत गरिन्छ । हामीलाई यस छ बर्षको अवधीमा धरपकडको नराम्रो शिकार बनाईको छ । हामीले प्रत्येक दिन हाम्रा परिवारका सदस्य नातेदार वा साथीहरु धरपकडबाट समातिएको समाचार सुन्दछौं ।

त्यो भन्दा पनि धेरै असंख्य हाम्रा साथीहरु छ बर्षको अवधिमा आपुनो जीवन गुमाएका छन् । धेरैजसो विदेशी कामदारका छोराछोरीहरु आफ्ना बुवा आमा विना जीवन जीउन बाध्य भएका छन् । अथवा कतिपय आफ्ना अभिभावक गुमाउनुपर्ने भयले बाँचीरहेका छन् । यसैगरी करिव एक लाख तेइस हजार कामदारहरु विगत ५ बर्षमा समातिएका छन् ।


एकजुट भै काम गरौं ।
धेरैजसो सामान्य कोरियन नागरिकहरु प्रहरीबाट हामीहरु जनावर जस्तै लखेटिएको तथ्य मन पराउँदैनन् यी कोरियन साथीहरु मानव अधिकार सुधार भएको देख्न चाहन्छन् । यो माननीय छ कि धेरै कोरियन साथीहरुले हाम्रा आवाज सुनिरहेका छन् र हाम्रा समस्यामा ध्यान दिईरहेका छन् किनभने यी साथीहरुले धेरै मेहनतका साथ हाम्रो दयनीय अवस्था सुधार गर्ने प्रयास गरिरहेका छन् । यहि प्रयास र संघर्षका कारण इण्डस्ट्रीयल ट्रेनिङ सिस्टम अर्को शव्दमा भन्दा दासत्व प्रथाबाट उन्मुक्ति दिनका लागि प्रयास गरेका छन् । हामीलाई कानुनी अधिकार थेजिकम नदिएको तलव र दुर्घटना ईन्सुरेनस दिलाउन लागि परिरहेका छन् ।

यद्यपी सरसर्ती हेर्दा हाम्रो अवस्था अंध्यारो र असहाय लाग्न सक्छ । गहिरिएर हेर्दा हामीले हाम्रा अधिकार प्राप्त गर्नका लागि हाम्रो क्षेत्रलाई विस्तारे व्यापक गरिरहेका छौं ।

हामीले हाम्रा आवाजहरु अहिले नै उठाउनुपर्ने छ । अधिकारका लागि आवाज बढाएनौं भने हाम्रो असमानता र भेदभावपूर्ण बाँचिरहेको जिन्दगी कसैले पनि बुझ्ने छैनन् । जब अधिकार प्राप्तिका लागि अगाडी बढ्दै जान्छौं हामीमा सद्भाव र सहयोगको भावना भएका साथीहरु थप्दै जानेछन् । यसरी नै माईग्रेन्‍ट ट्रेड युनियनको सन् २००५ मा हाम्रा अधिकार दिलाउनका लागि स्थापना गरिएको हो ।

माइग्रेन्‍ट युनियनको आवाजलाई संगसंगै बुलन्द गरौं र हाम्रा मागहरु नियम संगत छन् भनेर देखाऔं । संगसंगै काम गरौं र आफ्नो अधिकार प्राप्ति गरी विजय बनाऔं ।

एकजुट भई हाम्रा आवाजहरु

बिदेशी कामदारलाई अपाराधीको व्यवहार नगर ।

धरपकड तुरुन्तै बन्द गर ।

हामीलाई बैधानिक गर ।

प्रत्येक विदेशी कामदारको मानव अधिकार सुरक्षित गर ।