एम टी यु अध्‍यक्ष लिम्‍बुको गिरफ्तारी प्रति एन सि सिद्वारा घोर भत्‍सर्ना  

नेपाली सम्‍पर्क समितिको प्रेस विज्ञप्ति
प्रवाशी मजदुरहरुको हक हित र अधिकारको लागि लड्दै आईहहेको संस्था एम टि युका वर्तमान अध्यक्ष श्री तोर्ण लिम्बुलाई मे २ तारिकका सांझ ८ः२० बजे वहांको कार्यालय अगाडी खाना खाएर फर्किदै गर्दा र उपाध्यक्ष बंगलादेशी मीत्र शबुरलाई वहांको कोठाबाट सुनियोजित तवरले षडयन्त्रपूर्वक गिरफ्तार गरिएको हुनाले उक्त गिरफ्तारको नेपाली सम्पर्क समिति दक्षिण कोरिया घोर भत्सर्ना गर्दछ । साथै उक्त गिरफ्तारीले कोरिया सरकारको प्रवाशी मजदुरहरु प्रतिको अमानविय व्यवहारको नाङ्गो प्रदर्शन गरेको छ । नेपाली सम्पर्क समिति मजदुर नेताद्वयको विना शर्त यथाशीघ्र रिहाईको जोडदार माग गर्दछ ।

इश्वर के सी

अध्यक्ष