२० जुलाइ / कोरियाको तेस्रो सहर देगु स्थित संग्सो पार्कमा नेपाली सम्पर्क समिति देगु साखाको आयोजना मा भएको मैत्री पूर्ण भलिबल खेलमा त्यस क्षेत्र तीर बसोबास गर्ने वायगान,ख्यंग्सान र देगु का नेपाली टीमहरु ले भाग लिएका थिए /   नेपाली सम्पर्क समिति देगु साखाको अध्यक्ष खेम लाल भट्टराईको सभापति तथा नेपाली जन सम्पर्क समिति देगु साखाका उपसभापति बिजय राइको सयोजकत्व मा भएको उक्त खेलको उदघाटन पनी राइ जी ले नै गर्नु भएको थियो /  १५० जना भन्दा बड़ी नेपाली हरुको साथै नेपाली सस्था जन अधिकार मन्च र सुदूर पश्चिम समाज  सहभागिता रहेको यस कार्यक्रममा डिजिटल क्यामेरा को भाग्यसाली उपहार भने राजु भण्डारी ले पयेका थिए / क्षेत्रीय स्तरमा पहिलो पटक भएको यस खेलले त्यस क्षेत्रका नेपालीहरु बिच एक आपसमा भाई चारा सम्बन्ध बड़ाउन ठुलो सहयोग मिलेको छ देगु टिमका क्याप्टेन तथा जन सम्पर्क समिति देगु साखाका सभापति छत्र श्रेष्ठ ले भन्नु भयो / स्याम बुढाको नेतृत्वा आएको ख्यंग्सान टीम र राजेंद्र गुरुंग को नेतृत्वमा आएको व्येगान टीम गरी तिन टीम बिच भएको लिगको आधारमा भएको उक्त खेलमा व्येगान टीम ले बिजयी भई खसी बाजी मारेका थिए येस कार्यक्रम बाट खेलाडी हरु छनोट गरी आगामी अगस्त २४ मा हुने  नेपाली सम्पर्क समिति ले आयोजना गरिने  एन सी सी कप मा भाग लिने भएको छ /