http://www.prabasinepali.com/          लोकतन्त्र विरोधी र भ्रष्टचारलाई कालोमोसो र जुत्ताको माला   गुल्मीका लोकतन्त्रबादीहरुले राजाको पालामा मनोनित गरिएका जि.बि.स का सदस्यहरु यूवराज घिमीरे र देबेन्द्र प्रताप सेनलाई कालो मोसो र जुत्ताको माला लगाई बजार परिक्रमा गराएका छन् । जनआन्दोलन विरोधी गतिविधीमा संंलग्न रहेको र भ्रष्टचार गरेको आरोपमा उनिहरुलाई सबै लोकतन्त्रबादी जनाताको अगाडी उभ्याई क्षमायाचना माग्न लगाइएको थियो । जनआन्दोलन विरोधी गतिविधिमा संलग्न रहेको र भ्रष्टचार गरेको आरोपमा राजाका मनोनित जि.बि.स.गुल्मीका सदस्यद्वय युवराज घिमीरे र देबेन्द्र प्रताप सेन जनता सामु क्षमायाचना   गुल्मिमा जस्तै देशका अन्य स्थानमा पनि जनआन्दोलनलाई दवाउन मुख्य भुमिका खेल्ने लोकतन्त्र विरोधी र भष्ट्रचारीलाई यसरीनै सबै जनाताको सामु पेश गर्नु पर्ने देखिन्छ । जनआन्दोलनको क्रममा देशका विभिन्न स्थानमा राजाका पुछारहरु सक्रिय रहेका थिए । आशा छ गुल्मिबाट थालनी गरिएको यो कार्यले अन्य स्थानमा पनि ति लोकतान्त्रिक विरोधी र भ्रष्टचारीलाई यसरीनै सजाय दिलाईने छ । अनी बल्ल लोकतान्त्रिक आन्दोलनमा होमिएका सहिदहरु र घाइतेहरुको मन शान्तहुने छ ।   जनआन्दोलन विरोधी गतिविधिमा संलग्न रहेको र भ्रष्टचार गरेको आरोपमा राजाका मनोनित जि.बि.स.गुल्मीका सदस्यद्वय युवराज घिमीरे र देबेन्द्र प्रताप सेनलाई कालोमोसो लगाएर बजार पर्रि्रमा गरिदै ।