विशाल सुब्‍बा
प्रवासी मजदुर युनियनको महाअधिवेशन सम्पन्न
दक्षिण कोरियामा विभिन्न राष्‍ट्रका प्रवासी मजदुरहरुले आफनो हक हित र अधिकार प्राप्तीको लागी स्थापना गरिएको प्रवासी मजदुर युनियन केन्द्रीय कमिटिको गत आईतबार ६ तारिखको दिन तेस्रो आपतकालिन महाअधिवेशन युनियनको कै कार्यलयमा सम्पन्न भएको थियो । सो दिन विभिन्न राष्‍ट्रका क्षेत्रिय प्रतिनिधिहरुको बृहत मात्रामा उपस्थित रहेको थियो ।

युनियनको सदस्यहरु ५० प्रतिशत भन्दा बढी उपस्थित भए मात्र निर्वाचन हुने विधान अनुसार उक्त दिन ६० प्रति सदस्यहरुको उपस्थित रहे अनुसार भएको निर्वाचनमा अध्यक्षमा तोर्ण लिम्बु ( नेपाल ) उपाध्यक्षमा अब्दुल सावुल ( बंगलादेश ) सचिवमा विजय गुरुङृ (नेपाल) लेखापालमा नन्द राज गुरुङृ (नेपाल) र मोरल हुसैनले ( बंगलादेश ) अत्याधिक बहुमत ल्याएर निर्वाचित भएको थियो ।

दक्षिण कोरियाको पुजीवादी राष्‍ट्रपतिको लि म्यङृ बाकको लागी प्रवासी मजदुर युनियन आखांको छारो हुन सकने अनुमान गरिन्छ ।