प्रवाशी श्रमिक युनियनले राष्ट्र व्यापि विशाल -याली प्रर्दशन गर्ने
    [2008-02-22 오후 4:28:00]




प्रवाशी श्रमिक युनियन (एम.टि.यू) तथा सहयोगी कोरियन श्रमिक, समाजिक, धार्मिक, मानव अधिकारवादी, र बिधार्थीहरुको संगठनले नया राष्ट्रपति लि म्यङ् फाकले राष्ट्रपतिको सफत ग्रहण गर्ने एक दिन अगाडी २४ फैब्रुवरी २ वजे आइतावारका दिन हेवा स्टेशन नजिकै मारुनी पार्कमा नया सरकारलाई प्रवाशीहरुको समस्यालाई दर्शाउन राष्ट्र व्यापि विशाल बिरोध -याली प्रर्दशन गर्ने भएको छ ।
सो बिरोध -याली प्रर्दशनमा प्रवाशी श्रमिक युनियनलाई मान्यता प्रदान गर, प्रवाशी श्रमिकहरु प्रति भई रहेको अमानविय दबाब बन्द गर, अध्यागमनले बनाउन लागेको राक्षशी नया कानुन खारैज गर, स्‍वतन्‍त्र साथ काम गर्ने नियम लागु गर, अमानवीय धरपकड बन्द गरी प्रवाशी श्रमिकहरुलाई बैधानिक गर भन्‍ने मागहरु सहित थेगु, पुसान सहित हजारौ प्रवाशी तथा कोरियनहरुको सहभागीता हुने र उक्त र्याली छोङृनो टावर अगाडी पुगेर आम सभामा परिनत हुने एम टि यूले अवगत गराएका छन ।

स्‍मरणीय रहोस प्रवाशी श्रमिक युनियन (एम.टि.यू) का प्रतिनिधिहरु प्रवाशीहरुको मानव अधिकार, श्रम अधिकारको लागी ८२ औ दिनको धर्ना के.सि.टि.यूको विल्डिङमा बसिरहेको छ ।