नेपाली जनसम्पर्क समिति कोरियाको  ठेगु साखा विस्तार  
नेपाली जन सम्पर्क समिति दक्षिण कोरियाको प्रथम अधिवेशन लाई  ध्यानमा राखी ९ वटा क्षेत्रिय कार्य समिती बिस्तार् गर्ने क्रममा मार्च २९ तारिख शनिवार साझ ७ नम्बर क्षेत्रिय समिति ठेगु साखा विस्तार भएका समाचारहरु प्राप्त भएका छन् /
गणतंत्र कोरियाको तेस्रो ठुलो शहर ठेगु स्तित नेपाली जनसम्पर्क समिति केंद्रीय उपाध्यक्ष तथा क्षेत्र नंबर ७ का सयोजक नरेन्द्र गुरुंगको उपस्थितिमा छत्र श्रेष्ठको अध्यक्षतामा १७  सदस्यसिय कार्य समिति गठन गरेको छ /
उक्त समितिमा उपाध्यक्ष बिजय कुमार राई र उत्तम मानन्धर सचिवमा शिव बहादुर बस्नेत सह-सचिवमा सन्तोस श्रेष्ठ कोषाध्यक्षमा यमलाल खाती र सद्स्यहरुमा कृष्ण बहादुर कार्की, मिलन गुरुंग प्रदीप राना मगर,मानसिह गुरुंग, केबी तामंग, राज कुमार राई, मदन राई, शिव धिमिरे, शिव शकर कांदु, खिमलाल भट्टराई, र प्रकाश थापा निर्वाचित हुनु भएको छ/ उक्त समितिले उक्त क्षेत्रमा रहेका नेपाली कांग्रेस पार्टीप्रति आस्थावान र सुभेच्छुकहरू लाई  आगामी चैत्र २८ गते हुन गैरहेको ऐतिहासिक संविधान सभाको निर्वाचनमा "संविधान सभामा नेपाली कांग्रेसलाई जिताऔं, बहुलवादमा आधारित बहुदलीय संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरौं" भन्दै आ आफ्नो स्थानबाट विशेष भूमिका निर्वाह गर्न र विभिन्न संचार माध्यमद्धारा स्वदेशमा रहनु भएका आफन्त परिवारजनहरुलाई सुचना प्रवाह गर्न हार्दिक अपील गरेका छन ।