नेपाल खेलकूद तथा सास्कृतिक समिति गणतंत्र कोरियाले यही महिनाको अप्रिल २० तारीखका दिन नेपाली खेलकुद इतिहासमा अहिलेसम्मकै उत्कृष्ट खेलाडी, नेपाली तेक्वान्दोका खम्बा दीपक विष्ट हालै कोरियामा बेइजिंग ओलम्पिकको प्रशिक्षण तैयारी क्रममा आएको समय पारी उहाँको अझ सफलता र हौसलाको लागी नेपाली खेलकुद क्षेत्रमा थप उत्साह सिर्जना गरोस । सम्पूर्ण नेपलिहरुलाई  दीपकको अझ सफलाताले अब हुने ओलम्पिकमा केही आशाहरू गर्न सकुन भनेर प्रोत्सान गर्न सम्मान कर्यक्रमको आयोजना गर्न लगेको कुरा समितिका अध्यक्ष भरत गुरुंगज्यू ले जानकारी दिनुभयो । कोरियाकालागी नेपाली राजदूत श्री कमल प्रसाद कोइराला ज्युको समुपस्तिमा वहा संगै प्रशिक्षण गर्न आयेका पुष्प थापा मगर र कोरियन प्रशिक्षक जंग खन हयोक ज्यू लाई पनी सम्मान गर्ने भयेकोले सम्‍पूर्ण नेपालीहरूलाई उक्त कार्यक्रममा उपस्थित भईदिनको लागि अनुरोध समेत गरिएको छ। उक्त कार्यक्रम सिऔलको उल्चेरो सागा स्थित प्रवाशी श्रमिक यूनियन (यम् टी यू )को हलमा दिनको १ बजे गर्ने अवगत गरएको छ /