글 수 340
- 검구릉
न तिमीले भनेथ्यौं
न मैले सोचेथें
बिदाईको आँसु
दुःखले पुछेथें ।
साइतको बेला
नविर्स भनेथें
त्यो रातो टीकाले
निधारै भरेथें ।
तिमीले भनेका
ती मीठा कुराले
सम्झनाको खाटो
कोट्र्याई रहेथें ।
साँचो जीवनलाई
न धोखा दिएथें
म छिट्टै आउँछु
भनेको सुनेथें ।
न आयौ तिमी नै
न सम्झना पठा’छौ
जीवनभन्दा टाढा
कसरी बस्या’छौं ।
हालः (서울) 대한민국