नेपाल खेलकूद तथा सस्कृति समिति द्वारा ३ अगस्ट मा सोउल छुन्गाक स्थित
छोगेसा मन्दिर  को हल मा  भएको  सास्कृतिक कला कोसेली कार्यक्रम भब्यताका
साथ सम्पन भएको छ / नेपाल बाट आमन्त्रित कलाकार रेश्मा सुनवार र नव
प्रतिभा नृत्यकार स्याम तामांग का साथ मा कोरियाका स्थानीय कलाकारहरू नया
स्थापना भएको  गोर्खा ब्यान्ड, नेपाल कोरिया सस्कृति मन्च ले नृत्य, गीत
हरु गायेर भरपूर मनोरन्जन गरायेका थिए /  उक्त कार्यक्रम मा  आउने भनेको
गायक तथा संगीतकार राम थापा बीमारी भएको कारण आउन नपाएको बीमारी अवस्थामा
माफ मागेको भिडियो पर्दामा देखा उदा  दर्सक हरु रोएको समेत देखिन्थ्यो
कतिले त उहाको उपचारको लागी सहयोग पनी गरेका थिए / वहाको गीत र संगीत
बद्ध अन्य गीत हरुलाई  नेपाल खेलकूद तथा सस्कृति समिति का अध्यक्ष  भरत
गुरुंग र रेश्मा सुनवार ले गायेर वहाको अनुपस्थितिको कही हदमा भये पनी
पुरा गरेका  थिए / कार्यक्रम दुई चरणमा भएका थिए पहिलो चरण प्रथम वार्षिक
उत्सव रुपमा सम्मान कार्यक्रम रहेका थिए / कोरियामा सामाजिक सेवा गरे
वापत नेपाल बौद्ध परिवारका अध्यक्ष नरेन्द्र गुरुंग नेपाली हरुलाई सधै
सहयोग माया गरे वापत छाबिय चिब की आमा लि कुम ह्योन र  आन्याग सेन्टर का
दीदी मारिना का साथै सस्थालाई सस्थापन गर्न लागी परेकोमा सम्रक्षक
खगेन्द्र गुरुंग लाई सम्मान गरेका थिए / उक्त कार्यक्रम का प्रमुख अतिथि
का रुपमा नेपाली दूतावास का उप नियोग यादब खनाल हुनुहुन्थ्यो भने सन्चालक
मा गुप्त गुरुंग र पूर्णिमा गुरुन्गले गरेका थिए / यस समितिले यसबाट
कार्यक्रम बाट आएको आम्दानी राम थापाको उपचार को लागी सहयोग गरिने कुरा
जानकारी गरायेका थिए /