http://mtu.or.kr                       सेनाले गोली चलाउँदा एमाले कार्यकर्ता ठहरै
                     February 9th, 2006   फेब्रुवरी ९-
  दाङमा निर्वाचन बहिस्कारको आह्वान गर्दै सात दलले निकालेको जुलुसमा सेनाले गोली चलाउँदा एक एमाले कार्यकर्ता ठहरै भएका छन् भने काँग‌्रेसका अर्का कार्यकर्ता सिकिस्त भएका छन्।

   दाङको घोराहीमा साढे १२ बजेतिर सात दलले निकालेको जुलुसमा सेनाले गोली प्रहार गर्दा एमाले कार्यकर्ता उमेश थापाको मृत्यु भएको थियो। त्यहाँका कार्यकर्ताहरुले गोली ठोक्न निर्देशन दिने गृहमन्त्री यसका लागि जिम्मेवार भएको आरोप लगाएका छन्। गोली लागेका काँग‌्रेस कार्यकर्ता कृष्ण गिरीको भने उपचार हुँदै गरेको बताइएको छ।

  गृहमन्त्री कमल थापाले मंगलबार पत्रकारहरुसितको भेटघाटमा निर्वाचन बिथोल्न खोज्नेलाई अन्तिम शक्ति प्रयोग गर्न निर्देशन दिइएको बताउनु भएको थियो। यसअघि सेनाले पनि निर्वाचनमा सुरक्षाको जिम्मा आफूहरुको भएकोले बिथोल्न खोज्ने जोसुकैलाई कारबाही गर्ने बताएको थियो।