गत बर्ष २०१७ को फेब्रुवरी महिनामा कोरियन सरकारले प्रवासी मजदुरको खाने बस्ने खर्च सम्बन्धि निर्देशिका बनाएको थियो . जुन निर्देशिका अनुसार अपार्टमेन्ट ,पक्कि घरमा बस्न दिने र खान पनि उपलब्द गराएमा तलबको २० प्रतिशत रकम कम्पनीले प्रवासी मजदुरबाट लिन पाउने ब्यबस्था छ . अहिले धेरै जसो कम्पनीले यो निर्देशिकामा ब्यबस्था भए अनुसार खाने बस्ने बापतको खर्च लिई रहेको अवस्था छ . जसले गर्दा प्रवासी मजदुरलाई ज्यादै मर्का परिरहेको छ . त्यसकारण यो एकतर्फी बनाएको निर्देशिका खारेजी साथै स्वइच्च्ले कम्पनी परिबर्तन गर्न पाउने डब्लुपीएस लागु गर्नु पर्ने माग गर्दै एमटियु र केसीटियुले २०१८ मार्च १८ तारिक आउदो आईतबार सउल फोसिन्गाक रेल लाइन न १ जोंग्गाक स्टेशन गेट न १ मा बृहत रेल्लिको आयोजना गर्ने भएकोले सबै देशको प्रवासी मजदुरहरु सहभागी भईदिनु हुनु अनुरोध गरिन्छ .
मिति : २०१८ मार्च १८ तारिक आउदो आईतबार
स्थान : सउल जोंग्गाक रेल लाइन न १ गेट न ४
समय : दिनको २ बजे .
सम्पर्क : उदय राई ०१० -५६७५ -२०११
मधुसुदन ओझा : ०१०- ३०४६-२९८४
नारायण भुसाल ०१० -९०६२ -२४८४