कोरियामा रहेको प्रवासी श्रमिकहरुको हक अधिकारको निमित्त संघर्ष गर्दै आइरहेको प्रवासी श्रमिकहरुको एक मात्र स्वतन्त्र युनियन प्रवासी मजदुर युनियन (एमटियु)ले कम्पनी मालिकहरुले प्रवासी श्रमिकहरुको तलब घटाउन गरिरहेको माग फिर्ता हुनु पर्ने , खानेबस्ने खर्च सम्बन्धि निर्देशिका खारेज हुनु पर्ने , धरपकड बन्द हुनु पर्ने ,कृषि क्षेत्रको मजदुरलाई भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेज हुनु पर्ने ,प्रवासी महिला श्रमिकलाइ गरिने भेदभाब र दुर्ब्यबहार बन्द हुनु पर्ने , कृषि क्षेत्रको मजदुरले उत्पादन क्षेत्रमा जना पाउनु पर्ने , १ बर्ष १० महिनाको बोनस भिषा कम्पनी मालिकको अनुमति बिना लगाउन पाउनु पर्ने , इपिएसमा ४० वर्ष भन्दा बढीको उमेरसम्म काम गर्न पाउनु पर्ने, थेजिकगुम कोरियामा नै पाउनु पर्ने लगायतको माग राखी निम्न स्थान ,मिति र समयमा १० हजार प्रवासी श्रमिक जम्मा हौ भन्ने नाराको साथ बृहत र्यालीको आयोजना गर्न गई रहेकोले सम्पूर्ण प्रवासी मजदुरहरु सहभागी भईदिनु हुनु अनुरोध गर्दछौ .
मिति :२०१८ अक्टोबर १४ तारिक आइतबार
स्थान :सउल सिटिहल . रेल लाइन न १र २ गेट न ४
समय : दिनको २ बजे .
सम्पर्क : उदय राई ०१० :५६७५-२०११
मधुसुदन ओझा ०१० ३०४६-२९८४