प्रवासी मजदुरहरुको आफ्नो हकअधिकारको  उपयोग गर्दै सन् २००५ मा प्रवासी मजदुर स्वयमले  स्थापना गरेको  स्वतन्त्र प्रवासी मजदुर सङ्गठ (एमटियु ) ले हिजो जुन २५ तारिक आइतबार कोरियाको ख्यांग्गी सुवनमा कोरियन सरकार समक्ष् बिभिन्न मागहरु( स्वइच्छाले कम्पनी परिबर्तन, न्युनतम ज्याला प्रति घण्टा १० हजार वोन  लगायतको )राख्दै आयोजना गरेको रेल्ली सम्पन्न भएको छ . एमटियु सधै कोरियामा रहेको प्रवासी मजदुरहरुको हक अधिकारको निम्ति बिभिन्न ठाउमा दबाबमुलक कार्यक्रमहरु गर्दै आइरहेको छ . कार्यक्रमलाई सम्बोधन गर्दै प्रवासी मजदुर संगठन (एमटियु ) को अध्यक्ष उदय राईले कोरियामा मजदुरको अभावको कारणले प्रवासी मजदुर भित्र्याई रहेको छ भने प्रवासी मजदुरहरु पनि पैसा कमाउनकोलागि यहाँ आएर काम गरिरहेको  अवास्था छ . यस्तो अवस्थामा कोरियन र प्रवासी मजदुर  दुवै पक्ष सफल हुने नियम कानुनहरु लागु गर्नु पर्नेमा त्यसो भई  रहेको छैन . कानुन एकतर्फी छ. . नियम  कानुन सुधार गर्नु  भन्दा पनि अझ कठिन बनाइ प्रवासी मजदुरहरुको काम गर्ने स्थिति जटिल  बनाउदै  गइ रहेको छ  .  राम्रो कानुन बनाउनु त कता हो कता कम्पनी र सम्बन्धित सरकरी निकायबाट प्रचलित कानुन पालना नगरेको  अवस्था छ . जसले गर्दा कम्पनीमा बिभिन्न किसिमको समस्याहरु प्रवासी मजदुरले भोग्नु परिरहेको अवस्था छ. कम्पनी शुरक्षा ,स्वास्थ्य सम्बन्धि कानुनको सहि पालना नगर्ने र श्रम विभागको कर्मचारीले कम्पनीको सुरक्षा सम्बन्धि विषयल्नाइ लिएर उचित अनुगमन नगर्नाले दिनानु दिन प्रवासी मजदुरले ज्यान गुमाई रहेको छ .औधोगिक दुर्घटनाबाट बर्षमा लगभग १०० प्रवासी मजदुरले ज्यान गुमाउने र ६ हजार  औधोगिक दुर्घटनाबाट घाइते हुने गरेको छ . प्रवासी मजदुरहरु आफ्नो जीवन कहिले के होला भन्ने तारास मान्दै काम गरिरहेको छन् . यस्तो कम्पनीलमा घटनाको बारेमा सहि छानबिन साथै दोषीलाई कारबाही नगरी कम्पनी संचालन गर्न दिई रहेको अवस्था छ  .  प्रवासी मजदुर पठाउने देशको सरकारको प्रतिनिधिहरुले पनि कुनै दुर्घटना भएमा वा समस्या उत्पन्न भएमा त्यसको सहि छानबिन नगरी सबै दुर्घटनाको वा समस्याको दोष प्रवासी मजदुर माथी थोपर्ने  गरिएको छ . यो ज्यादै दुख लाग्दो कुराहो . सम्बन्धित देशको सरकार ,राजदुताबासले प्रवासी मजदुरको हक अधिकार सुनिस्चित हुने नियम कानुन बनाउन कोरियन सरकारलाई दबाब दिनु पर्ने छ . प्रवासी मजदुरहरुले समस्या समाधानको माग गर्दै धेरै संघर्ष गर्दै आइरहेको छन्.अहिलेको नया सरकारले  प्रवासी मजदुरको हक अखिकर हनन गर्ने ईपीएस खारेज गरि डब्लुपीएस लग लागु गर्नु पर्ने छ .यो कोरियामा रहेको सबै प्रवासी मजदुरहरुको माग हो भन्नु भएको थियो .

यसै क्रममा केसीटियु ख्यंगी क्षेत्रिय कार्यालयको अध्यक्ष यांग ख्यंग सु ले  सबै मजदुरहरु समान हुन् तर सरकारले बिभिन्न बाहानामा फरक कानुन बनाई भेदभाब गरिरहेको छ .यो केसीटियुलाइ मान्य हुने छैन .अति नाजुक अवस्थामा काम गर्ने प्रवासी मजदुरको पक्षमा  केसीटियु शसक्त रुपमा संघर्ष गर्ने कुरा ब्यक्त गर्नु भएको थियो .

ओसान प्रवास केन्द्र तथा फिलिपिन कासामाको  समितिको  अध्यक्ष जोन्स कालांगले हामी अहिले अस्थाई मजदुर नीतिको खारेज गरि सबैलाई स्थाई गर्नकोलागि माग गरिरहेको छौ . १० हजार वोन प्रति घण्टा तलब हुनु पर्छ भनि रहेको छौ . यो सबै प्रवासी ,कोरियन मजदुरको सहज जीविकोपार्जन र स्थाई रुपमा काम गर्न पाउनको लागि हो .हामी सबैले  दबाब दिनु पर्ने हुन्छ . कोरियाले  शुरुमा औधोगिक प्रशिक्षण प्रणाली लागु गर्यो . प्रवासी मजदुरहरुले यसको खारेजीकोलागि संघर्ष गरे , त्यस पछी इपीएस लागु भयो यो प्रणालीले मजदुरको भन्दा कम्पनी मालिकको अधिकार मजबुद गरेको हुनाले हामी अहिले यसको खारेजीको माग गर्दै  संघर्ष गरिरहेको छौ . तपाइहरुले कोरियाको प्रवासी मजदुरको संघर्षको इतिहास एक पटक हेर्नु होला . परिवर्तन यहाकै  संघर्षबाट भएको हो र अब हुनेछ भन्ने कुरा बताउनु भएको थियो ..

एमटियु सदस्य कृष्ण पौडेलले कम्पनीले जबर्जस्ति काम लगाउने ,तोकिएको समय भन्दा बढी काम गरेको ज्याला नदिने ,कुटपिट गर्ने गर्दछ . यसको सम्बन्धित निकायबाट सुनुवाई हुनु पर्यो . हामी मात्र होइन यस्तो समस्या भोग्ने प्रवासी मजदुरहरु  कोरियामा धेरै छन् . कोरियन सरकारले इपिएस खारेज गरि डब्लुपीएस लागु गर्न माग राख्नु भएको थियो . 

कम्बोडियाको प्रवासी मजदुर   दिनानले  कम्पनीले हामीलाई गर्ने व्यवहार ज्यादै निच भएको ,बिरामी हुदा पनि उचित उपचार नगरिदिने ,बिदा नदिने गर्दछन . नीति नियम  चाडो सुधार गरी समस्या समधान चाडो गर्नु पर्ने माग राख्नु भएको थियो .  कार्यक्रममा थासान मानब अधिकार केन्द्रको प्रतिनिधि ,सुवन प्रवासकेन्द्र ,केसिटियु  ख्यंगी कार्यालय  विभिन्न देशको प्रवासी मजदुरहरुको सहभागिता थियो . आउदो रेल्ली जुलाई २३ तारिक आइतबार इन्छन पुफ्यंगमा आयोजना गरिने छ .

  25.jpg