29 uijangbu rally.jpg .

कोरियामा रहेको प्रवासी मजदुरहरुको हकअधिकार सुनिस्चित गर्दै उनीहरुको समानता र समस्या समाधानकोलागि संघर्ष गर्न सबै प्रवासी मजदुरहरुलाई संगठित गराउन प्रवासी मजदुर स्वयमले स्वतन्त्ररुपमा मजदुर ३ अधिकार अन्तर्गत स्थापना गरेको प्रवासी मजदुर संगठन(एमटियु )ले कोरियन सरकार समक्ष इपिएसमा सबै अधिकार मालिकलाई भएको कारण प्रवासी मजदुर आत्महत्य गर्न बाध्य छन त्यसकारण इपिएस खारेज गरि स्वइच्छाले कम्पनी परिबर्तन गर्न पाइने डब्लुपीएस लागु गर्नु पर्ने , औधिगिक दुर्घटनाको कारण धेरै प्रवासी मजदुरले ज्यान गुमाई रहेकोले त्यस्तो घटना दोहोरिन नदिन सरकारले कडा कानुन बनाई कम्पनीलाइ पूर्णरुपमा पालन गराउन पहल गर्नुपर्ने , काम गर्न पाउने उमेरको हद हटाउनु पर्ने, कृषि क्षेत्रको मजदुरले उत्पादन क्षेत्रमा परिबर्तन गर्न पाउनु पर्ने, प्रवासी मजदुरले आफनो परिवार ल्याउन पाउनु पर्ने, ५ बर्ष भन्दा बढि अवधि लगातार काम गर्न पाउनु पर्ने, ईपिएसको मजदुरले कोरियामै थेजिकगुम पाउनु पर्ने, कृषि क्षेत्रको प्रवासी मजदुरलाई भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेज हुनु पर्ने, भिषा नभएको मजदुरलाई भिषा दिनु पर्ने, प्रवासी मजदुरलाई सम्भाब्य अपराधीको संख्या दिन बन्द गर्नु पर्ने, र आवास सुल्क बाफत २०% सम्म काट्न पाउने सम्बन्धि निर्देसिका खारेज हुनुपर्ने लगायतको बिभिन्न मागहरु राख्दै यसै महिनाको (अक्टोबर) २९ तारिक उइजग्बु(의정부역) स्टेसन अगाडि र्‍याली को आयोजना गर्न गइरहेको ले सम्पूर्ण देश को प्रवासी मजदुर मित्रलाई  उपस्थितकोलागि अनुरोध गर्दछौ
स्थान:- उइजंगबु स्टेसन २ नम्बर गेट अगाडी
समय:- दिउँसो ठिक २ बजे
मिति :- २०१७ अक्टोबर २९ तारिक आइतबार .

सम्पर्क :उदय राई .०१० – ५६७५२०११

       दिनामनी पौडेल .०१० – ५९३३-१३२९

मधुसुदन ओझा ०१०-३०४६-२९८४