27 의정부.jpg

कोरियामा प्रवासी मजदुर स्वयमले प्रवासी मजदुरहरुकै समानता र हक अधिकार प्राप्तिको निम्ति गठन भएको एक मात्र मजदुर युनियन प्रवासी मजदुर युनियन (एमटियु)ले नियमित रुपमा प्रवासी मजदुरसग सम्बन्धित बिबिध बिषयमा शैशिक तथा अन्तरकृया कार्यक्रम गर्दै आइरहेको छ ।

यसै अनुसार यहाँ रहनु भएको प्रवासी मजदुरलाई मजदुर कानुन ,प्रवासी मजदुर सम्बन्धि परिबर्तन हुने लागेको नियम कानुनइपिएस कानुन ,प्रवासी मजदुरले भोगिरहेको बिभिन्न समस्या र त्यसको समाधानको उपाय ,थेजिगुमऔधोगिक दुर्घटना र यसको क्षेतिपूर्ति लिने प्रक्रिया ,२०१९ को न्यूनतम तलब मजदुर संगठन र यसको गतिविधि ,नया खाना तथा आवास खर्च सम्बन्धि निर्देशिका ,आवास आधार कानुन ,कोरियाले बनाउन लागेको इपिएसको मजदुरले बस्न पाउने अवधि सम्बन्धि नियम लगायत अन्य बिभिन्न बिषयमा जानकारी गराउने उद्देश्यले शैक्षिक कार्यक्रम    नया बर्ष २०१९ को शुभकामना आदन प्रदान कार्यक्रम साथै एमटियु उइजंगबु शाखाको अधिबेसन यहि जनवरी  महिनाको २७ तारिक आईतबार दिनको १.३० बजे उइजंगबु (उइजंगबु स्टेशन गेट न ५ KM Study cafa) मा गर्न गईरहेकोले एमटियु उइजुंगबु शाखा सदस्य लगायत सबै प्रवासी मजदुरहरु सहभागी भई दिनु हुनकोलागि सुचित गरिन्छ

मिति :२०१९ जनवरी २७ तारिक आइतबार समय : दिनको १.३० बजे

स्थान : ख्यंगीदो उइजुंबु KM Study cafa. रेल लाइन न १ उइजंबु  स्टेशन गेट न ५ बाट ५ मिनट .

सम्पर्क : उदय राई : ०१०-५६७५-२०११  नारायण भुसाल :०१० -९०६२-२४८४

मधुसुदन ओझा : ०१०-३०४६-२९८४