april 1.jpg कोरियामा प्रवासी मजदुर स्वयमले प्रवासी मजदुरहरुकै समानता र हक अधिकार प्राप्तिको निम्ति गठन भएको एक मात्र मजदुर संगठन प्रवासी मजदुर संगठन (एमटियु)ले नियमित रुपमा प्रवासी मजदुरसग सम्बन्धित बिबिध बिषयमा शैशिक कार्यक्रम गर्दै आइरहेको छ ।

यसै अनुसार यहाँ रहनु भएको प्रवासी मजदुरलाई मजदुर कानुन ,प्रवासी मजदुर सम्बन्धि परिबर्तन हुने लागेको नियम कानुन, इपिएस कानुन ,प्रवासी मजदुरले भोगिरहेको बिभिन्न समस्या र त्यसको समाधानको उपाय ,थेजिगुम, औधोगिक दुर्घटना र यसको क्षेतिपूर्ति लिने प्रक्रिया ,न्यूनतम तलब , मजदुर संगठन र यसको गतिविधि , कोरियन सरकारले आउदो ५ बर्षकोसम्मलागि बनाउन लागेको प्रवासी आधार नीति ,नया खाना तथा आवास खर्च सम्बन्धि निर्देशिका ,आवास आधार कानुन ,कोरियाले बनाउन लागेको इपिएसको मजदुरले बस्न पाउने अवधि सम्बन्धि नियम लगायत अन्य बिभिन्न बिषयमा जानकारी गराउने उद्देश्यले अप्रिल महिनाको १ तारिक आइतबार दिनको १ बजे ख्यंगी ओसानमा शैक्षिक कार्यक्रम गर्न गई रहेकोले सबै प्रवासी मजदुरहरु सहभागी हुनकोलागि जानकारी गराउदछौ .साथै उक्त दिन एमटियु ओसान शाखाको अधिबेसन हुने कुरा पनि सबै सदस्यहरुलाई अवगत गराउदछौ .

मिति :२०१८ अप्रिल १ तारिक आइतबार           समय : दिनको १ बजे

स्थान : ख्यंगी ओसान सेन्टरको हल . रेल लाइन न १ ओसान स्टेशन गेट न २

सम्पर्क : उदय राई : ०१०-५६७५-२०११

       मधुसुदन ओझा : ०१०-३०४६-२९८४